पोखरा ५ मा सुरक्षा व्यवस्थाका बारेमा छलफल


     एभरेस्ट आवाज    
     असाेज २४ गते २०८२ मा प्रकाशित




पोखरा महानगरपालिका वडा नम्बर ५ ले वडाभित्र पर्ने क्षेत्रको सुरक्षा व्यवस्थाका बारेमा छलफल गरेको छ ।

नागरीक सुरक्षा समितिका संयोजक राजेन्द्र अधिकारीको संयोजकत्वमा,सो क्षेत्रका अग्रज व्यक्तित्व, जनप्रतिनिधि, नागरिक समाजका अगुवासहित बसेको बैठकमा वडामा क्रियाशील १८ जना बक्ताले पोखरा ५ का विभिन्न टोलका समस्या तथा समग्र सुरक्षाका बारेमा आफ्नो बिचार राखेका थिए ।समितिले सुरक्षा निकाय,नागरिक समाज र जनप्रतिनिधिहरुसँग सहकार्य गरेर काम गर्ने बताएको छ । चाडपर्वको बेलामा चोरी,कालोबजारी लगायतका घटना बढी हुने गरेका कारण सचेतना जगाउने निर्णय गरेको छ। बक्ताहरुले हालैको आन्दोलनका कारण सुरक्षा निकायहरुसँग आवश्यक गाडी सहितका व्यवस्था पनि कम भएको अवस्थामा नागरिक स्तरबाट नै पहल गरिनुपर्ने बताए ।

उक्त समितिले नागरिक र स्थानिय सरकार, सुरक्षा निकाय र प्रशासन बिचमा पुलको रुपमा काम गर्नेछ । समाजलाई सुरक्षित, सभ्य र मर्यादित बनाउन सबैको सहयोग, सुझाव र साथ मिल्ने अपेक्षा गरिएको बताएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।