मन्त्री बन्ने चर्चा गरिएकी टासी ल्हाजोमको नामलाई लिएर जेनजी समुहभित्रै विवाद बढेको छ ।
तेस्रोपटक विस्तार हुन लागेको मन्त्रिपरिषद्मा मन्त्री बन्ने चर्चा भएकी ल्हाजोम विवादमा तानिएकी छन् । सोमबारसम्म विस्तार गर्ने तयारी भएको मन्त्रिपरिषद्मा टासी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बन्ने समाचार सार्वजनिक भएका थिए ।मन्त्री बन्ने सूचीमा उनको नाम आएपछि उनी विवादित बनेकी हुन् । जेनजीहरूले नै उनलाई स्वीकार्न नसकिने बताएका छन् । टासीलाई मन्त्रीमा नियुक्त गर्ने विषयमा विशेषगरी कर्णाली जेनजी समूहले नै आपत्ति जनाएको छ। जेनजीका तर्फबाट कर्णालीकी संयोजक सुप्रिया शाहीले विज्ञप्ति जारी गर्दै टासीको नागरिकता विवाद रहेको, जेनजी आन्दोलनमा कुनै भूमिका नरहेको बताएकी छिन्।
जेनजीहरुले टासी फ्री तिब्बत अभियानमा संलग्नता रहेको आशंका व्यक्त गर्दै त्यसबारे पनि छानबिन गर्न माग गरेका छन् ।साथै कर्णालीको प्रतिनिधित्व गराउन कर्णालीका जेनजीहरुसँग छलफल र परामर्शविना कुनै निर्णय नगर्न विज्ञप्तिमा भनिएको छ । टासीलाई कर्णालीको प्रतिनिधित्व गर्ने गरी मन्त्री बनाउन लागिएको हो । पूर्वसांसद ज्ञानेन्द्र शाहीले पनि टासी ल्हाजोम नेपाली नभएको भन्दै उनलाई अमेरिकी दूतावासले मन्त्री बनाउन खोजेको आरोप लगाएका छन् । स्रोतका अनुसार रामजी राम, गणपतिलाल श्रेष्ठ, बब्लु गुप्ता र टासी ल्हाजोमलाई जेनजीको प्रतिनिधिको रुपमा सरकारमा सहभागी गराउने तयारी सरकारको छ । श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, गुप्तालाई युवा तथा खेलकुद मन्त्रालय, र टासीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको स्रोतले जानकारी दिएको छ ।
जेनजीभित्रको विवाद साम्य भएमा उनीहरुलाई सोमबार पद तथा गोपनियताको सपथ गराउने तयारी छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पोखरा महानगरपालिकाको प्रथम अधिवेशनबाट योगेन्द्रबहादुर केसी सभापतिमा निर्वाचित…







