विकास नेपालको २१ औँ बार्षिक साधारण सभा सम्पन्न


     एभरेस्ट आवाज    
     असाेज २६ गते २०८२ मा प्रकाशित




विकास नेपालको २१ औँ बार्षिक साधारण सभा आइतबार पोखरामा सम्पन्न भएको छ ।

सो सभाको उद्घाटन गर्दै प्रमुख अतिथि वडा नं १५ का वडाअध्यक्ष तोरण बहादुर बानियाँले स्थानिय सरकारले सबैसाग पहुँच पुर्याउन पनि गैह्रसरकारी संस्थाको आवश्यकता रहेको बताए । उनले हरेक क्षेत्रमा इमान्दारिता र कर्मशिलता भएमा मात्र समाजले फड्को मार्न सक्ने धारणा राखे ।कार्यक्रममा संस्थाका सल्लाहकार रमेश पौडेलले कुनै पनि सरकारको ध्यान नपुगेको स्थानमा गैह्र सामाजिक संस्था पुगेर काम गरिरहेको बताए ।

गैसस महासंघ गण्डकी प्रदेशका इञ्चार्ज गोपाल खड्काले गैह्र सरकारी संस्थाहरु सरकारसँग समन्वय गरी अगाडि बढेमा अन्तराष्ट्रिय दाताहरु सहकार्य गर्न इच्छुक हुने सुझाव दिए ।संस्थाले अपाङ्गता र कुष्ठरोग क्षेत्रमा काम गर्दै आएकोेमा अझै प्रभावकारी ढंगबाट अगाडि बढ्नु पर्नेमा निवर्तमान अध्यक्ष बुद्धि बहादुर थापाको जोड थियो ।

सभामा संस्थाका सचिव बुद्धिबल रम्तेलले आ.व. ०८१÷०८२ को बार्षिक प्रगति प्रतिवेदन र आ.व. ०८२÷०८३ को प्रस्तावित बार्षिक योजना प्रस्तुत गर्नुका साथै कोषाध्यक्ष शंकर पन्थले आ.व. ०८१÷०८२ को आर्थिक प्रतिवेदन र आ.व. ०८२÷०८३ को प्रस्तावित बार्षिक बजेट प्रस्तुत गरेका थिए ।

संस्थाका अध्यक्ष गणेश पाख्रीनको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष विमला कुमारी केसीले स्वागत मन्तव्य राखेकी थिईन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।