स्वरुप परिवर्तन गरी सवारी साधन चलाउने ४ जना व्यक्ति कास्की प्रहरीको नियन्त्रणमा


     एभरेस्ट आवाज    
     असाेज २७ गते २०८२ मा प्रकाशित




जिल्ला प्रहरी कार्यालय कास्कीले स्वरुप परिवर्तन गरी सवारी साधन चलाउने ४ जना व्यक्तिलाई मोटर साईकल सहित पक्राउ गरेको छ।

प्रहरीको टोलीले चेकजाँचका क्रममा मोटरसाईकलको स्वरुप परिवर्तन गराई, ठुलो आवाज निकाली ध्वनी प्रदुषण गर्ने, समाजलाई आतंकित पार्ने, शान्ति सुव्यवस्था खलल पार्ने,चेकजाँचको क्रममा प्रहरीसँग विवाद गर्ने व्यक्तिहरुलाई नियन्त्रणमा लिई कानूनी कारवाहीको प्रक्रिया शुरु गरिएको जिल्ला प्रहरी कार्यालय, कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक हरी बहादुर बस्नेतले जानकारी दिए ।

पक्राउ पर्नेमा ग १२ प ९८३२ नम्बरका मोटरसाईकल चालक पोखरा १० बुद्दचोकका सुवास कार्की,ग २४ प ४४६६ नम्बरका मोटरसाईकल चालक पोखरा ३ बस्ने एल्बिन पुन,ग १४ प ८३९९ नम्बरको मोटरसाईकल चालक पोखरा ६ का सन्जिव दुवाडी र ग ९ प ६०१३ नम्बरको मोटरसाईकल चालक पोखरा ५ का अमृत चापागाई रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, कास्कीले शहरी तथा ग्रामिण क्षेत्रमा हो हल्ला गर्दै हिड्ने, ध्वनी प्रदुषण गर्ने, साईलेन्सर पाईपवाट आगोको झिल्का समेत निकाली समाजमा आशान्ति फैलाउने मोटरसाईकलहरु, आफ्नो वरपरको क्षेत्रमा चलाएको देखेमा उक्त मोटरसाईकल नम्बर सहित नेपाल प्रहरीलाई खबर गर्न आग्रह गरेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।