विरोधीलाई ओलीको जवाफ : म बिग्रिएको भए पो सप्रिनू


     एभरेस्ट आवाज    
     असाेज २९ गते २०८२ मा प्रकाशित




पोखरा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुरानै बोली दोहोर्याएका छन् । नेकपा एमालेको दशौं केन्द्रीइ कमिटीको बैठकलाई बुधबार सम्बोधन गर्दै उनले आफू कहिल्यै नबिग्रिएको जिकीर गरे । विरोधीहरुले ओली ‘अझै सप्रिएन भनेको प्रसंग कोट्याउँदै उनले भने, ‘केपी ओली बिग्रिएको भए पो सप्रिनू।’ उनले आफू सप्रिनलाई देशभक्तिको दृष्टिकोण, देश विकास र राष्ट्रिय स्वाधीनताको दृष्टिकोण छोड्नुपर्ने हो भन्ने प्रश्न गर्दै त्यसो हो भने केपी ओलीले उक्त अडान नछाड्ने सपाट झवाफ दिए ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले पार्टी भित्रका आफू विरोधीहरु भने सप्रिनुपर्ने उल्टै तर्क गरे । ‘पार्टीभित्र कुरा नगर्ने, बाहिर विरोधीका लहैलहैमा लागेर अनेक खालका हल्ला गर्नेहरू चैं सप्रिनु पर्छ,-उनले भने ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।