व्यास ऋषिको तपोभूमि तनहुँको व्यास नगरपालिका–३ व्यासगुफा क्षेत्रमा एक महिने दशौँ विश्व ऊँकार तथा हिन्दू महामिलन पर्वका साथै श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञ हुने भएको छ ।
वेदअनुयायी प्रतिष्ठान केन्द्रीय कार्यसमितिको आयोजनामा महामिलन पर्व कात्तिक १ गतेदेखि कात्तिक मसान्तसम्म र श्रीमद्भागवत महायज्ञ कात्तिक ९ देखि १७ गतेसम्म सञ्चालन गर्न लागेको हो । महामिलन पर्वको सन्त ओमबाबा र महायज्ञको प्राध्यापक आचार्य हरिहरण उपाध्यायले उद्घाटन गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । ऋषिपराशरको तपोभूमि मातासत्यवतीको क्रिडास्थली र महर्षि वेदव्यासको अवतरणस्थल शुक्लामाहेन्द्रीको सङ्गममा धार्मिकस्थल व्यास प्रयाग रहेको छ । विगतका वर्षझै यस वर्ष पनि विश्व ॐकार तथा हिन्दू महामिलन पर्वलाई निरन्तरता दिइएको प्रतिष्ठानका अध्यक्ष कृष्णकान्त काफ्लेले जानकारी दिए ।
महर्षि वेदव्यासको अवतदण भूमिलाई विश्व मञ्चमा पहिचान गराई व्यास प्रयागतीर्थका रूपमा पहिचान गराउन सहयोग पुग्ने विश्वास लिइएको सो प्रतिष्ठानले जनाएको छ । “श्रीमद्भागवत भागवत ज्ञान महायज्ञ हामी सबै गाउँ, नगर, देशवासी विश्व ॐकार परिवार र वेदानुयायीहरूको साझा कार्यक्रम हो”, उनले भने, “यज्ञमा सबै जातजाति, वर्ण, लिङ्ग सम्प्रदायको सहभागिता गराइनेछ ।” “भागवत सप्ताह लगाउने सबैको चाहना हुने तर लगाउने समय र अर्थ परिवेश वातावरणका कारण लगाउन सकिरहेका हुँदैनन् त्यस्ता महानुभावहरूले यज्ञमा कर्ताका रूपमा उपस्थित भई आफ्नो अभिष्ट शिद्ध गर्न सक्नेछन्”, काफ्लेले भने । प्रतिष्ठानले महायज्ञमा कर्ता बस्न चाहनेका लागि रु २५ हजार न्यूनतम शुल्क निर्धारण गरेको छ । महायज्ञमा रुद्री, बण्डी, वेद, प्राणको पाठपारायण ग्रहशान्ति, कालसर्प योग शान्तिकर्मसँगै सञ्चालन हुने समितिका उपाध्यक्ष ऋषिराम ढुङ्गानाले जानकारी दिए ।
कात्तिक १ गतेका दिन विश्व ॐकार तथा हिन्दू महामिलन पर्व बिहान ११ः०० बजे दमौलीमा शोभायात्रा गरी कार्यक्रमको उद्घाटन गरिने प्रतिष्ठानले जनाएको छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, बैशाख १९ पोखरामा जारी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि…






