नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बसिरहेको छ।
पार्टी कार्यालय सानेपामा गत असोज २८ गतेदेखि जारी बैठकमा केन्द्रीय सदस्यहरूले समसामयिक राजनीतिक विषयमा धारणा राखिरहेका छन् ।बैठकमा कांग्रेसका नेता वीरबहादुर बलायरले महामन्त्री गगन थापालाई सभापति शेरबहादुर देउवाले कहिले नियमित महाधिवेशन हुँदैन भनेर भनेका थिए भन्दै प्रश्न गरेका छन् । पार्टीका सुदूरपश्चिम प्रदेश सभापति बलायरले एजेन्डा प्रस्तुत गर्दा मङ्सिरभित्रै महाधिवेशन भनेको विषयमा प्रश्न गर्दै कसले रोकेको छ भनेर प्रश्न उठाएका हुन् । उनले मङ्सिरमा महाधिवेशन गर्न महामन्त्री थापालाई कसले रोक्यो भन्दै प्रश्न गरे । सरकार सञ्चालन गर्ने संयन्त्रमा बसेको मान्छेले सरकारप्रति प्रश्न उठाउन नपाइने बलायरको भनाइ थियो । बलायरले सरकारको कार्यशैली, क्षमता र राजनीतिक वातावरणको मूल्याङ्कन समेत नगरी चुनावमा भाग लिनुपर्छ भन्नु राजनीतिक अपरिपक्वता भएको बताए । देउवाले राजीनामा दिनुपर्छ, नभए कार्यवाहक दिनुपर्छ’ भन्नेहरूले एकै दिनमा देउवाको प्रशंसा सुरु गरेको बलायरले बताए ।
केन्द्रीय सदस्य प्रदीप पौडेलले देशमा भएको जेनजी विद्रोहलाई शङ्काका रूपमा नहेरी त्यसले उठाएका मुल मुद्दाको सम्बोधनमा क्रियाशील हुनुपर्ने बताए। जेनजी पुस्ताको विद्रोहमा उठेको भ्रष्टाचार अन्त्य, सुशासन, आर्थिक विकास, युवा तथा रोजगारीजस्ता विषय जायज भएकाले यसलाई सम्बोधन गर्नु आवश्यक रहेको उनले बताए । संसारभर सम्पन्न भएका र हुँदै गरेका युवा विद्रोहको प्रस्ट सन्देश सुदृढ लोकतन्त्र भएको उल्लेख गर्दै उनले यो विद्रोहबाट सबैभन्दा बढी लाभ नेपाली कांग्रेसले लिन सक्ने बताए । नेता पौडेलले युवा विद्रोहका क्रममा भएका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने पनि बताए । विद्यमान सङ्कटको निकासमा राष्ट्रपति रामचन्द्र पौडेलले खेलेको भूमिकाको प्रशंसा गरेका उनले पार्टी सभापतिप्रति भएको आक्रमणको निन्दा समेत गरे । नेता पौडेलले सभापतिद्वारा पार्टी बैठकमा २८ गते पेस गरिएको भनाइ जिम्मेवार रहेको भन्दै सोहीअनुसार पार्टी चल्नुपर्ने समेत बताए ।
आज बसिरहेको बैठकमा सभापति शेरबहादुर देउवाको कुर्सीलाई भने खाली राखिएको छ । कार्यवाहक सभापति खड्का देउवाको कुर्सी नजिकै बसेका छन् । बैठकमा पार्टीका बिभिन्न एजेण्डामा पदाधिकारी र केन्द्रिय सदस्यहरुले बोल्ने क्रम जारी रहेको स्रोतले बताएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







