पोखरामा पनि मनाईयो प्रहरी दिवस,प्रहरी स्मारकमा पुष्पहार तथा पुष्प गुच्छा अर्पण


     एभरेस्ट आवाज    
     असाेज ३१ गते २०८२ मा प्रकाशित




गण्डकी प्रदेश प्रहरी कार्यालयको आयोजनामा ७० औं प्रहरी दिवस आज पोखरामा मनाईएको छ ।

‘नागरिक प्रहरी सहकार्य– सुरक्षाको लागि अपरिहार्य’ भन्ने मुल नाराका साथ विभिन्न कार्यक्रम गरी दिवस मनाईएको हो । प्रहरी दिवसको अवसरमा आयोजित खेलकुद प्रतियोगितामा सर्वोत्कृष्ट स्थान हासिल गर्ने प्रहरी कर्मचारी तथा दैनिक प्रहरी कार्यमा उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीहरु र गण्डकी प्रदेश प्रहरीलाई विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई प्रदेश प्रहरी प्रमुख डिआइजी दिनेश कुमार आचार्यले पुरस्कार तथा प्रशंसा पत्र वितरण गरे।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेश प्रहरी प्रमुख डिआइजी आचार्यले हालसालै देशमा भएको असामान्य परिस्थितीले प्रहरी कर्मचारीहरुको मनोबल घटाउन खोजेपनि प्रहरी कर्मचारीलाई झनै कर्तव्यनिष्ठ बनाएको बताए ।उनले राष्ट्र सेवामा प्राण उत्सर्ग गर्न तयार भएर संगठनमा आवद्द भएका प्रहरीहरु विगतदेखि नै राष्ट्र र जनताको सेवामा निरन्तर खट्दै आएको दावी गर्दै, संगठन सदैब जनमुखी, पारदर्शी र छिटो छरितो सेवा प्रवाहमा प्रतिवद्ध रहेको बताए । सो अवसरमा गण्डकी प्रदेश प्रहरी अस्पतालका प्रमुख प्राबिधिक प्रहरी बरिष्ठ उपरीक्षक अभिमन्यु श्रेष्ठले प्रहरी दिवसका अवसरमा प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गज्यूको शुभकामना सन्देश बाचन गरेका थिए ।

कार्यक्रममा कर्तव्य पालनको शिलशिलामा अमरत्व प्राप्त गरेका अमर प्रहरी स्मारकमा पुष्पहार तथा अन्य सहभागीको तर्फबाट पुष्प गुच्छा अर्पण गरिएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।