प्रधानमन्त्री सुशीला कार्कीले बर्तमान सरकारको ध्यान आगामी फागुन २१ मा हुने निर्वाचनको तयारीमा केन्द्रित रहेको बताएकी छन् ।
शुक्रबार सिंहदरबारमा विभिन्न कूटनीतिक निकायका प्रमुख तथा राजदूतहरूलाई ब्रिफिङ गर्दै प्रधानमन्त्री कार्कीले विशेष परिस्थितिमा आफु नेतृत्वको सरकार निर्माण भएको स्पष्ट पार्दै सरकारको पुरै ध्यान स्वतन्त्र र निष्पक्ष रूपमा निर्वाचन गराउनेमा केन्द्रित रहेको बताईन् ।जेनजी आन्दोलनपछिको परिस्थितिमा आफूले प्रधानमन्त्रीको पद स्वीकार गरेको भन्दै प्रधानमन्त्री कार्कीले लोकतान्त्रिक रूपमा निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने बताएकी हुन् ।
अस्थायी रूपमा विदेशमा रहेका नेपाली नागरिकहरूको लागि विश्वव्यापी मताधिकारको सिद्धान्तलाई क्रमशः साकार पार्न बाह्य मतदान प्रणालीको सम्भावनाको पनि खोजी गरिरहेको प्रधानमन्त्री कार्कीले जानकारी गराईन् ।
छलफलका क्रममा उनले जेनजी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनाको सत्यतथ्य छानबिनका लागि न्यायिक जाँचबुझ आयोग गठन गरेको जानकारी गराउँदै आन्दोलनको क्रममा क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण र पुनर्स्थापना गर्नका लागि आवश्यक सहयोग गर्न आग्रह गरिन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







