पोखरामा चक्कु प्रहार गरी आफ्नै साथीको हत्या


     एभरेस्ट आवाज    
     कार्तिक ८ गते २०८२ मा प्रकाशित




पोखरा–५ प्रस्याङमा शनिबार बिहानै एक जनाको हत्या भएको छ ।

पोखरा–५ प्रस्याङका स्थानीय अनिल पराजुलीको धारिलो हतियार प्रहार गरी हत्या भएको कास्की प्रहरीले जनाएको छ । पोखरा–५ गणतन्त्र चोकमा बस्ने किशोर तिमिल्सिनाले विवाद भएपछि घर फर्कने क्रममा पराजुली माथि चक्कु प्रहार गरेका थिए ।शुक्रबार राति प्रस्याङस्थित एक होटलमा सँगै बसेका उनीहरु बिच होटलभित्रै सामान्य विवाद उत्पन्न भएको थियो।विवाद बढ्दै जादाँ होटलबाट करिब ५० मिटर टाढा पुगेपछि तिमिल्सिनाले पराजुलीलाई पछाडीबाट चक्कु प्रहार गरेका थिए ।हत्यामा संलग्न रहेको आरोपमा सोही ठाउँका २२ वर्षीय तिमिल्सिनालाई प्रहरीले घटनाको डेढ घण्टाभित्रै पक्राउ गरेको छ।

हत्या भएका अनिल पराजुली र पक्राउ परेका किशोर तिमिल्सिना मिल्ने साथी हुन् ।सराङकोट घर भएका तिमिल्सिना लामो समय मधेसमा बसेर केही वर्षअघि मात्र पोखरा–५, गणतन्त्रचोक नजिकै घर बनाएर आफन्तसँग बस्दै आएका थिए।

पराजुलीको शव पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान राखिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।