नेकपा एमालेका नेताहरुले देश संकटमा परेका बेला सबै पक्ष एकजुट भएर अगाडी बढ्नुको विकल्प नरहेको बताएका छन् ।
नेकपा एमाले वडा कमिटी पोखरा १६ ले शनिबार बाटुलेचौरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा सहभागि अधिकांश नेताले पार्टी चौतर्फी घेराबन्दीमा परेको उल्लेख गर्दै, त्यसलाई तोड्न आवश्यक रहेको बताएका हुन् । एमालेका केन्द्रिय सदस्य मीनाकुमारी गुरुङले जेनजीका नाममा भएको आन्दोलनले राष्ट्रलाई पछाडी धकेलेको बताउँदै, जेनजीका जायज मागलाई सम्बोधन गरी अगाडी बढ्नुपर्ने बताईन् । एमालेका अर्का केन्द्रिय सदस्य प्रभा कोईरालाले एमालेको नेतृत्व बिना देश समृद्ध बन्न नसक्ने उल्लेख गर्दै, पार्टीभित्र एकताबद्ध भई अहिलेको समस्याको समाधान गर्नुपर्नेमा जोड दिईन् ।
एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले कार्यकर्ताको मनोबल उकास्न पार्टीले देशव्यापी रुपमा प्रशिक्षण संचालन गर्दै, महाधिवेशनमा जुट्नुपर्ने बताए । कार्यक्रममा एमाले नेतृ उषा बरुवाल, पोखरा महानगर कमिटीका अध्यक्ष जीवनप्रसाद आचार्य, नेता कमलमोहन आचार्य, महेन्द्र रिमाल, अग्नीधर शर्मा लगायतले देशको समसामयिक अवस्थामा पार्टीको भुमिकाका बारेमा बोलेका थिए । सहभागी अगुवा कार्यकर्ताले पार्टीमा देखिएको सामान्य विवादले कार्यकर्ता पंक्तिमा केही निराशा छाए पनि त्यसलाई पार्टी नेतृत्वले समाधान गर्ने बताउँदै, अहिलेको परिस्थीतीमा एकजुट भएर पार्टी निर्माणमा लाग्न सुझाव दिए ।
एमाले नेता सोमनाथ अधिकारी प्यासी र केन्द्रिय सदस्य कृष्ण थापा भेलामा उपस्थित भए पनि मन्तव्य राखेनन् । अगुवा कार्यकर्ताबाट आएका सुझावलाई नविन अधिकारी, तारानाथ आचार्य र हरिलाल आचार्यले नोट गरी कमिटीलाई सुझावको रुपमा बुझाएका छन् । वडा कमिटीका अध्यक्ष यमनकाजी गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव सुर्यमोहन आचार्यले गरेका थिए ।
कार्यक्रममा त्यस वडाका अगुवा कार्यकर्ताको बाक्लो उपस्थिती रहेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







