देश छोडेर जान तयार छु : प्रसाईं


     एभरेस्ट आवाज    
     कार्तिक ९ गते २०८२ मा प्रकाशित




पोखरा,

‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’ मार्फत् राजसंस्था पुनर्स्थापनाका लागि लडिरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफू देश छाडेर जान तयार रहेको बताएका छन् । आईतबार काठमाडौंमा सम्पादकहरुसँग छलफल गर्दै उनले आफ्नो कारणले देश विग्रिएको हो भने देश छोडर जान तयार रहेको बताएका हुन् । देश बनाउनका लागि आफू सुध्रिन तयार रहेको बताउँदै उनले भने, दुर्गा तँ देश छोडेर जा, तेरो कारणले यो सबै बिग्रियो भन्नुहुन्छ भने पनि म रेडी, म जान तयार । म जान्छु । मलाई लोभ छैन । मलाई केही चाहिँदैन ।’

उनले मूल धारका मिडियाले आफूलाई कहिल्यै राम्रो नभनेको गुनासो गरे । जे भनेपनि आफू अहिलेसम्म लडेर स्थापित भएकाले अब सबै सुध्रिएर देश बनाउनुपर्ने उनको भनाई थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।