अमेरिकाबिरुद्द नेपाल : भुर्तेल डकआउट


     एभरेस्ट आवाज    
     कार्तिक ९ गते २०८२ मा प्रकाशित




पोखरा

आईसीसी विश्वकप लिग टु अन्तर्गत युएई सिरिजमा अमेरिकाबिरुद्द व्याटिङ गरिरहेको नेपालले रनको खाता नखोली विकेट गुमाएको छ । अमेरिकाले दिएको २६३ रनको लक्ष्य लिएर जवाफी व्याटिङ गरिरहेको नेपालले पहिलो ओभरको दोस्रो बलमा खाता नखोली विकेट गुमाएको हो । नेपालका कुशल भुर्तेल शून्य रनमा आउट भए ।

अहिले भीम सार्मी मैदानमा प्रवेश गरेका छन् । व्याटिङ अर्डर अनुसार तेस्रो नम्बरमा व्याटिङ गर्न आएका उनले ओपनर आसिफ सेखसँग साझेदारी गरिरहेका छन् ।

यसअघि पहिलो व्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २६२ रन बनाएको थियो

लिग–२ मा नेपाल १६ खेलबाट १२ अंक बटुल्दै सातौं स्थान माथि छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।