बेगनासताल धार्मीक तथा पर्यटन विकास संस्थाको अध्यक्षमा भन्डारी


     एभरेस्ट आवाज    
     कार्तिक ९ गते २०८२ मा प्रकाशित




पोखरा, ९ कात्तिक
बेगनासताल धार्मीक तथा पर्यटन विकास संस्थाको पाँचौं साधरणसभा तथा तेस्रो अधिवेशन आइतबार विशेष समारोहका विच सम्पन्न भएको छ । समारोहको उद्घाटन गर्दै पूर्वन्यायधिश डिल्लीरमण तिवारीले बेगनासताल विकासका लागि अनुभवि व्यक्तित्वहरुको उत्साह, जोश र जाँगरको कदर गर्दै बेगनासताल बिश्वकै उत्कृष्ट धार्मीक र पर्यटकीय गन्तव्य स्थल बन्ने दिशामा अघि बढेको बताए ।
यसैविच उक्त अधिबेशनले स्थानीय मित्रलाल भण्डारीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा शान्ति खनाल, सचिवमा गंगाराम सुवेदी र कोषाध्यक्षमा सनकराज लामिछाने चयन भएका छन् ।
त्यसैगरी उक्त समितिका सदस्यहरुमा सिता कार्की, कल्पना अधिकारी, भरतराज ढकाल, निरंजन विक, सोमराज कँडेल,  विश्वनाथ तिवारी, फूलमाया बराल, शक्ति कोइराला, पुष्पराज भण्डारी चयन भए ।
उक्त अधिवेशनमा स्थानीय सामाजिक व्यक्ति राममणी अधिकारीको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति रहेको थियो । उक्त अवसरमा निर्वाचन संयोजक अधिकारीले पोखराकै सुन्दर बेगनासतालको धामीक र पर्यटन विकासका लागि सबैको हातेमालो आवश्यक रहेकाे बताए ।
बेगनासताल धार्मीक तथा पर्यटन विकास संस्थाका अध्यक्ष धुबनाथ अधिकारीको अध्यक्षतामा कार्यक्रम भएको थियो । उक्त कार्यक्रममा सचिव शान्ति  खानाल र कोषाध्यक्ष गंगाराम सुवेदीले संस्थाका प्रगति विवरण सहित बेगनासताललाइ उत्कृष्ट गन्तव्य वनाउन सकिने संभावना सहितको प्रतिवेदन प्रस्तुत गरे । कार्यक्रममा, लेखनाथ उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष गोपिचन्द्र वास्तोला, संस्थाका उपाध्यक्ष मित्रलाल भण्डारी, होटल तथा रेष्टुरेष्ट एशोसिएसन लेखनाथका अध्यक्ष बिभद्र कँडेल, लेखनाथका पत्रकार कविराज पौडेल लगाएतले बोलेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।