गण्डकीका उच्चपहाडी तथा हिमाली भू–भागका केही स्थानमा भारी हिमपातको सम्भावना


     एभरेस्ट आवाज    
     कार्तिक १० गते २०८२ मा प्रकाशित




देशका केही स्थानमा आज रातिदेखि बुधबार बिहानसम्म वर्षा र हिमपातको संभावना देखिएको छ ।

मौषम पुर्वानुमान महाशाखाले आज मध्याह्न मनसुन विशेष मौसम बुलेटिन जारी गर्दै गण्डकीका उच्चपहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी हिमपातको सम्भावना रहेको जनाएको छ । यो अवधिमा कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको आकलन गरेको छ । बाँकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा पनि हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

हाल देशमा पश्चिमी वायुका साथै अरबसागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको महाशाखाले जनाएको छ । “सम्भावित हिमपातरवर्षाको कारणले दैनिक जनजीवन, पर्वतारोहणलगायत कृषि, पर्यटन क्षेत्रमा समेत असर पर्ने सम्भावना भएकोले आवश्यक सतर्कता अपनाउनुहुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध छ,” महाशाखाले जारी गरेको बुलेटिनमा भनेको छ ।

आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह समेत गरेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।