अन्तर्राष्ट्रिय क्योकुशिन कराँतेका प्रशिक्षक तथा खेलाडी अशोक लामा रुम्बालाई पोखरामा स्वागत सहित सम्मान गरिएको छ ।
क्योकुशिन कान कराँते संघ कास्कीले सोमबार पोखरा रंगशालामा एक समारोहका बीच रुम्बालाई स्वागत सहित सम्मान गरेको हो । रोजगारको शिलशिलामा हाल स्पेनमा रहँदै आएका रुम्बा गत नोभेम्बर २३ र २४ मा स्पेनमा सम्पन्न १० औं एनआइएनटिआइएन कप स्पेनिस ओपन क्योकुशिन कराँते च्याम्पियनशिपमा प्रमुख प्रशिक्षका रुपमा उनले निभाएको भूमिकाको उच्च कदर गर्दै संघले सम्मान गरेको नेपाल फुल कन्ट्याक कराँते महासंघ गण्डकी अध्यक्ष एवं क्योकुशिन कान कराँते नेपालका शाखा प्रमुख लक्ष्मण कुवंरले बताए ।
रुम्बाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षकको भूमिकामा सक्रिय रहँदै नेपालको नाम अन्तर्राष्ट्रिय मञ्चमा उजागर गर्दै आएकोले उनको प्रोत्साहनको लागि स्वागत सहितको सम्मान कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दिपक गोदारले रोजगारीका लागि विदेश पुगे पनि रुम्बाले खेलकुदको माध्यमबाट देशको प्रतिष्ठा बढाएको उल्लेख गर्दै उनको योगदान प्रशंसनीय भएको उल्लेख गरे । कार्यक्रममा बोल्दै अन्तराष्ट्रिय प्रशिक्षक रुम्बाले देश र माटोप्रतिको माया जहाँ भए पनि अविचल रहने बताउँदै, “देशको अवस्थाले विदेशिए पनि मन भने सदैव नेपालकै लागि धड्किने ” बताए । साथै उनले नेपालका सक्षम खेलाडीलाई आगामी दिनमा स्पेनमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउन पहल गर्ने उद्घोष गरे ।
विकास, अनुशासन र गतिशिलतासंगै निरन्तरताको प्रयासले खेलकुदमा लाग्ने व्यत्तिलाई सफलताको उचाई पुर्याउने उनको दाबी थियो ।रुम्बा नेपाली समाज स्पेनका अध्यक्ष देखि वैदाम तामाङ सेवा समाजका आजीवन सदस्य, लायन्स क्लव पोखरा लेकसाईडका आजिवन सदस्य समेत हुन् भने उनी विभिन्न सामाजिक गतिविधिमा पनि सक्रिय छन् ।
पूर्व बक्सिङ खेलाडी क्या.सम्मर बहादुर थापा क्षेत्री, स्पेनका खेलकुदकर्मी चेमा रामोस, संघ लेखनाथका प्रमुख प्रशिक्षक सुवास खड्का, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका निवर्तमान अध्यक्ष दीननाथ बराल, प्रशिक्षार्थी खेलाडीहरू लगायतको कार्यक्रममा सहभागिता रहेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको मासबारमा रहेको स्टेप वाई स्टेप मा. वि.मा अन्तरसदनात्मक नेपाली भाषा कौशल…






