लायन्स क्लव अफ पोखरा आदर्श चौतारीको रक्तदानमा ६६ युनिट संकलन


     एभरेस्ट आवाज    
     कार्तिक १० गते २०८२ मा प्रकाशित




लायन्स क्लव अफ पोखरा आदर्श चौतारीले आयोजना गरेको रक्तदानमा ६६ युनिट रगत संकलन भएको छ ।

लगातार परेका चाडपर्व र बिदाको कारण पोखरामा भएको रगतको अभावलाई मध्येनजर गर्दै खुल्ला रक्तदान आयोजना गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि पिडिजि लायन राम बसेलले पहिलो रक्तदाता क्लवका पूर्व अध्यक्ष लायन दयाशंकर गौतमलाई ब्लड व्याग हस्तान्तरण गरी गरिएको थियो ।सो अवसरमा प्रमुख अतिथि बसेलले अफ्ठेरो परेको बेला वा अन्य समयमा जहिले पनि लायनहरु अग्रपंक्तिमा रहेर सामाजिक सेवामा दत्तचित्त भएर कार्य गरिरहेको बताए ।बसेलले चाडबाडको बेलामा पोखरा रक्त संकलन पनि नभएको र रगतको अभाव भएकोले जोखिममा परेको कसैको जीवन बचाउन रगत नै अत्यावस्यक पदार्थ भएकोले कार्यक्रममा सरिक हुन पाउदा खुसी लागेको बताए ।

उनले पोखरामा रहेका अन्य लायन्स क्लवहरुलाई पनि यसतो पुनित कार्यमा सुरिक हुन आग्रह गरे ।प्रादेशिक रक्त संचार सेवा केन्द्र पोखराका प्रमुख तथा कार्र्यक्रमका संयोजक लायन अर्जुन ज्ञवालीले पोखरामा हाल भएको रगतको अभावलाई परिपुरण गर्नका लागि नियमित तथा युवा पुस्तालाई जागरुक हुन आग्रह गरे ।

डिस्ट्रिक ब्लड डोनेसन कोअर्डिनेटर दिल बहादुर थापाले सुखमा वा दुःखमा, आपतमा वा विपदमा लयान्स क्लवहरुले सामाजिक उत्तरदायित्व बहन गर्दै आएको बताए । पोखरामा रगतको अभाव भईरहेको बेलामा सघाउन क्लवले कार्यक्रम आयोजना गुर्न सह्रायिन कार्य भएको बताए ।कार्यक्रममा ८२ औं पटक रक्तदान गरिसकेका क्षत्री समाज नेपालमा महासचिव तथा रक्तदानका अभियन्ता कृष्ण बहादुर थापा, आरदायूका हरिश्चन्द्र शर्मा, पत्रकार श्याम कुँवर, राजाराम पौडेल, आरजू विष्ट सल्यानी, तीर्थ केसी, रेडक्रसकर्मि र लायनहरुको सहभागिता थियो ।

लायन्स क्लव अफ पोखरा आदर्श चौतारीका अध्यक्ष नारायण बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव दिपक कुमार गुरुङले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।