पोखरा । पोखरा–९ बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयमा जापान अन्तर्राष्ट्रिय सहकार्य एजेन्सी (जाईका)ले “युथ एक्टिभिटिज” शीर्षकअन्तर्गत दुई वर्षका लागि एक स्वयंसेवक शिक्षक उपलब्ध गराएको छ। विद्यालयकी प्रधानाध्यापक लोचना अधिकारीका अनुसार, जापानी स्वयंसेवक अन्ना चुसिमाले आगामी दुई वर्षसम्म विद्यालयमा सेवा प्रदान गर्नेछिन्।
मंगलबार एक विशेष कार्यक्रमका बीच जाइकाको टोली सहित अन्नालाई विद्यालयमा स्वागत गरिएको थियो। कार्यक्रममा जाईका भोलेन्टियर सेक्सन नेपालका सिनियर कार्यक्रम प्रमुख राघव कायस्थ, जाईका नेपालका जापानी प्रतिनिधिहरू र विद्यालयका अध्यक्ष विक्रम थकाली लगायतको उपस्थिति रहेको थियो।
अध्यक्ष थकालीले स्वागत गर्दै अन्नाको नेपाल बसाइ फलदायी र सफल हुने शुभकामना व्यक्त गरे। उनले यस्ता कार्यक्रमहरूले नेपाल–जापानबीचको सम्बन्ध अझ सुमधुर बनाउन सहयोग गर्ने धारणा राखे।
विद्यार्थीहरूले पनि विदेशी स्वयंसेवकको आगमनले नयाँ ज्ञान र अनुभव सिक्ने अवसर प्राप्त हुने अपेक्षा व्यक्त गरे।
नवआगन्तुक स्वयंसेवक अन्ना चुसिमाले आफ्नो परिचय दिँदै नेपाल बसाइलाई जीवनको अविस्मरणीय अनुभव हुने विश्वास व्यक्त गरिन्। उनले विद्यालय परिवारलाई सहयोग र सहकार्यका लागि अनुरोध गर्दै, यहाँको वातावरणमा सहज रूपमा घुलमिल हुन चाहना प्रकट गरिन्।
कार्यक्रममा राघव कायस्थले विद्यालय र स्वयंसेवकबीचको सम्बन्ध मजबुत रहँदा कार्यक्रमका लक्ष्यहरू सफलतापूर्वक प्राप्त हुने विश्वास व्यक्त गरे।
विद्यालयका शिक्षक रुद्रबहादुर कार्कीले सञ्चालन गरेको उक्त कार्यक्रममा विद्यालयका सम्पूर्ण शिक्षक तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।



सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







