जिल्ला प्रशासन कार्यालय, कास्कीले बिभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार सोमबार देखि बुधबारसम्म गण्डकी प्रदेशका उच्च हिमाली तथा पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी क्षेत्रमा भारी हिमपात हुन सक्ने भएकोले पदयात्रा र पर्यटनसम्बन्धी गतिविधिमा सावधानी अपनाउन प्रशासनले आग्रह गरेको हो।प्रशासनले आज सुचना जारी गर्दै पदयात्राका क्रममा पर्यटकहरुमा ‘लेक लाग्ने’ समस्या देखिएको साथै मृत्यु र आपतकालीन उद्धारका घटनाहरू बढेका भन्दै यात्रु तथा पर्यटन व्यवसायीहरूलाई थप सतर्कता अपनाउन अनुरोध गरेको छ।
कास्की प्रशासनले जारी गरेको सुचनामा मौसम विज्ञान विभागबाट जारी हुने आधिकारिक सूचनाको पालना गरी मात्र यात्रा गर्ने,अन्नपूर्ण बेसक्याम्प, मर्दी हिमाल, खुमै डाँडा, कोरी लगायत हिमाली पदयात्रा मार्गहरूमा मौसम सफा नभएसम्म यात्रा नगर्ने, पर्याप्त तयारी, सूचना र अग्रिम बुकिङसहित मात्र पदयात्रामा जाने, समूहमा यात्रा गर्ने र विस्तारै उचाइ लिंदै जाने , न्यानो कपडा, तातोपानी, औषधि लगायत आवश्यक सामग्री बोक्ने, धुम्रपान र मद्यपान नगर्ने, तातोपानी र झोलिलो खाना खाने, ‘लेक लाग्ने’ लक्षण देखिएमा तुरुन्त तल्लो उचाइतर्फ झर्ने, स्थानीय तह, पर्यटन व्यवसायी, होटल तथा ट्रेकिङ एजेन्सीहरूले पूर्वतयारी र सहयोगी भूमिका निर्वाह गर्ने।’भनिएको छ ।
यस्तै मादी गाउँपालिका १ नं. वडा कार्यालयले कोरी क्षेत्रमा हिमपात भईरहेको जनाएको छ । वडा कार्यालयले आज सुचना जारी गरी वडा नं. १ का क्हफुचे, हुगु,न्हुटा, तसा, कोरी, तारा हिल टप लयायतका क्षेत्रमा सुरक्षित भई बस्न र यात्रा गर्नै पर्ने भएमा सर्तकता अपनाउन आग्रह गरेको छ ।
वडाध्यक्ष देवीजंग गुरुद्वारा जारी सुचनामा हिमपात जन्य तथा वर्षको जोखिमबाट नागरिकको सुरक्षाको लागि आवश्यक भुमिका निर्वाह गर्न सरोकारवालालाई अनुरोध गरिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


स्थानीय तह निर्वाचनको पूर्वतयारी थालेको निर्वाचन आयोगले बितेका तीन महिनामा एक लाख…






