पोखरामा घुम्ती साहित्य उत्सव, महानायक हमाल पनि सहभागी हुने


     एभरेस्ट आवाज    
     कार्तिक ११ गते २०८२ मा प्रकाशित




प्रकाशन संस्था फाइनप्रिन्टद्वारा आयोजित घुम्ती साहित्य उत्सव ‘फाइनप्रिन्ट फिभर’ बुधबार पोखरामा हुँदैछ ।

एकदिने उक्त साहित्य उत्सवमा विभिन्न लेखक तथा कलाकारले पाठकसँग प्रत्यक्ष संवाद गर्नेछन् । कार्यक्रममा महानायक राजेश हमाल, लेखक सुविन भट्टराई र डा नवराज केसी सहभागी हुने स्थानीय आयोजक ¥यान्डम रिडर्स सोसाइटीले जनाएको छ । महानायक हमालको हालै प्रकाशित पुस्तक ‘युगदेखि युगसम्म’, लेखक भट्टराईको ‘चमेलीको फूल, बैजनी रुमाल’ र डा केसीको ‘स्वस्पर्श’बारे विभिन्न सत्रमा छलफल हुनेछ । महानायक हमालसँग अपिल त्रिपाठी, लेखक डा केसीसँग उपेन्द्र पौडेल र सुविन भट्टराईसँग सनिशा भट्टराईले संवाद गर्ने कार्यक्रम छ ।

उक्त अवसरमा लेखकसँग पुस्तक हस्ताक्षर कार्यक्रम पनि रहेको छ । न्यूरोडको सिटी स्क्वायर ब्याङ्क्वेटमा आयोजना हुने साहित्य उत्सव अपराह्न २ः०० देखि सुरु भई साँझ ६ बजेसम्म सञ्चालन हुनेछ । कार्यक्रममा प्रवेश निःशुल्क गरिएको स्थानीय आयोजक ¥यान्डम रिडर्स सोसाइटीले जनाएको छ ।

यसअघि चितवनलगायत जिल्लामा ‘फाइनप्रिन्ट फिभर’ आयोजना गरिएको थियो । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।