पोखरामा अचेत अवस्थामा भेटिएका प्रहरी हवल्दारको मृत्यु


     एभरेस्ट आवाज    
     कार्तिक ११ गते २०८२ मा प्रकाशित




पोखरामा ड्युटीमा खटिएका प्रहरी हवल्दारको मृत्यु भएको छ ।

विशेष सुरक्षा योजना अन्तर्गत पोखरा १३ गौंडाकोमुखमा खटिएका प्रहरी हवल्दार ओमकुमार थापा अचेत अवस्थामा भेटिएका थिए ।अचेत अवस्थामा रहेका उनलाई तत्काल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको थियो । अस्पताल पुर्‍याइए लगत्तै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय,कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले बताए ।नवलपुरको विनय त्रिवेणी गाउँपालिका ६ शिवपुरगढी घर भएका थापा जिल्ला अदालत समन्वय तथा सुरक्षा प्रहरी इकाइ कास्कीमा दरबन्दी भई हाल सिआरभी भद्रकालीमा कार्यरत थिए ।

उनको मृत्युको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।