एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले पार्टी एकता एमालेसँग गर्दा राम्रो हुने बताएकी छन् ।
माओवादी केन्द्र र एकिकृत समाजवादी पार्टी एकताको अन्तिम तयारीमा पुगेका बेला उनले नेपालका कम्युनिष्ट पार्टी बिच दीर्घकालिन एकता आवश्यक रहेको बताएकी हुन् । काठमाण्डौंमा एक संचारमाध्यमसँगको कुराकानीमा नेतृ झाँक्रीले एमाले शान्तिपूर्ण र लोकतान्त्रिक बाटोबाट समाजको क्रान्तिकारी रूपान्तरण गर्ने सिद्धान्त, कार्यनीति, कार्यदिशा बोकेर आएको पार्टी भएको बताउँदै,आफुहरुले नै निर्माण गरेको पार्टीसँग एकता सहज हुने बताईन् ।उनले भनिन्– ‘त्यहाँ हामीले सबै चिज गरेर, जिन्दगीका धेरै महत्त्वपूर्ण समय त्यहाँ खर्चेर, त्यो आन्दोलन, त्यो पार्टी गठनरपुनर्गठनका सबै काम गरेर आएको भएर सहज र सजिलो व्यक्तिगत हिसाबले भन्दा त त्यो नै बाटो हो ।’ झाँक्रीले पार्टीको वर्तमान नेतृत्व र नेकपा एमालेको वर्तमान नेतृत्वको बीचमा एकताको संवाद हुने आधार नदेखिएको भन्दै पार्टीमा नेतृत्व पुनर्गठनको कुरा भयो भने एमालेसँग एकताको सम्भावना सबैभन्दा नजिक रहेको दावी गरिन्।
समाजवादीले गठन गरेको वार्ता टोलीले पार्टी एकताका विषयमा माओवादी केन्द्रसँग मात्र वार्ता गरेकोमा असन्तुष्टि जनाउँदै,उनले १० वर्षको हिंसात्मक सशस्त्र युद्धबाट आएको, छुट्टै कार्यनीति, रणनीति बोकेर आएको पार्टीसँग एकता सहज नहुने बताईन् ।उनले एकता गर्दा प्रचण्ड संयोजक रहने, माधव नेपाल सहसंयोजक रहने खालको मोडलमा गयो भने पार्टी एकता नभईअनेकतामा विभाजित हुने सम्भावना रहेको पनि औंल्याईन्।
यसअघि उनले बुधबार बिहान पार्टीमा आवद्ध ५२६ युवाले संयुक्त रूपमा जारी गरेको वक्तव्यलाई फेसबुकमा पोस्ट गर्दै युवाले अघि सारेको ‘नेतृत्व पुस्तान्तरण र हस्तान्तरण’ को मागको पक्षमा उभिएको जनाएकी थिईन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







