गृहमन्त्री हटाउने कुरा भ्रामक हो: प्रधानमन्त्रीको सचिवालय


     एभरेस्ट आवाज    
     कार्तिक १३ गते २०८२ मा प्रकाशित




प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन भनी विभिन्न सञ्चार माध्यममा आएका समाचारको खण्डन गरेको छ ।

कसैको दबाब वा प्रभावमा गृहमन्त्री अर्याललाई हटाउने निर्णय हुन नसक्ने स्पष्ट पार्दै, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ९बालेन० ले दबाब दिइरहेको भनी सार्वजनिक भएका समाचार भ्रामक भएको स्पष्ट पारेको छ ।सचिवालयका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले आज जारी गरेको प्रेष नोटमा विभिन्न सञ्चार माध्यममा आएका विवरणहरु भ्रमपूर्ण भएको भन्दै प्रधानमन्त्री सुशीला कार्कीको ध्यानाकर्षण भएको उल्लेख छ । कसलाई मन्त्री बनाउने वा हटाउने भन्ने कुरा विशुद्ध प्रधानमन्त्रीको अधिकारक्षेत्रको विषय भएको बताउँदै कसैको दबाब वा प्रभावमा यस्तो निर्णय हुन नसक्ने विज्ञप्तिमा भनिएको छ ।

प्रधानमन्त्रीको सचिवालयले अहिलेको असामान्य परिस्थितिमा गृहमन्त्री बनेका अर्याल आगामी निर्वाचन सम्पन्न गर्नका लागि वातावरण निर्माण गर्न, शान्ति सुरक्षा कायम राख्न र सुरक्षा संगठनहरूको मनोबल उच्च राख्न अहोरात्र खटिरहेका उल्लेख गरेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।