पोखरा । नेपाल टेलिकम गण्डकी प्रदेश निर्देशनालय, पोखराको आयोजनामा बिहिबार फेदीखोला गाउँपालिका–५, बाँगेस्थित श्री मैदान माध्यमिक विद्यालयका ९४ जना विद्यार्थीहरूलाई विद्यालय झोला वितरण गरिएको छ।
नेपाल टेलिकम गण्डकी प्रदेश निर्देशनालयका निर्देशक बसन्त लिङथेकको अध्यक्षतामा भएको कार्यक्रममा फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदी प्रमुख अतिथि तथा उपाध्यक्ष देउकुमारी गुरुङ विशिष्ट अतिथि रहनुभएको थियो।
उक्त कार्यक्रममा नेपाल टेलिकमका प्रादेशिक व्यापार प्रमुख महेन्द्र रिमाल, फेदीखोला गाउँपालिकाका शिक्षा शाखा प्रमुख नवीन थापा, वडा नं. ५ का अध्यक्ष डिलबहादुर गुरुङ, विद्यालय व्यवस्थापन समिति अध्यक्ष चेतन दास शर्मा, सदस्यज्यूहरू, शिक्षक–अभिभावक संघका प्रतिनिधिहरू, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रम सञ्चालन नेपाल टेलिकम गण्डकी प्रदेशका प्रशासकीय अधिकृत पुष्कर कोइरालाले गर्नुभएको थियो। सोही अवसरमा विद्यालय सेवा क्षेत्रभित्रका अभिभावकहरूलाई पनि नेपाल टेलिकममार्फत निःशुल्क सिम कार्ड वितरण गरिएको थियो।
विद्यालयका प्रधानाध्यापक ख्याम प्रसाद सुवेदीले नेपाल टेलिकम गण्डकी प्रदेशप्रति धन्यवाद ज्ञापन गर्दै सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत विद्यालयका विद्यार्थीहरू लाभान्वित हुन पाएकोमा हार्दिक आभार व्यक्त गर्नुभयो। साथै प्रमुख अतिथि, विशिष्ट अतिथि तथा उपस्थित अभिभावक र अतिथिहरूप्रति विद्यालय परिवारको तर्फबाट कृतज्ञता प्रकट गर्नुभयो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । गण्डकी प्रदेशमा नसर्ने रोगका बिरामीको संख्या बढ्दै गएको तथ्याङ्क सार्वजनिक…






