कांग्रेस नेता डा शेखर कोइरालाले गरे छुट्टै भेला


     एभरेस्ट आवाज    
     कार्तिक १४ गते २०८२ मा प्रकाशित




नेपाली कांग्रेसभित्र महाधिवेशनका विषयमा देखिएको गतिरोध अन्त्य गर्न नेता डा शेखर कोइरालाले सक्रियता देखाएका छन् ।

पार्टीको पदाधिकारी बैठक बस्नुअघि आज बिहान सम्पर्क कार्यालय विशालनगरमा डा कोइरालाले आफूनिकट पदाधिकारीहरूको भेला गरी छलफल गरेका छन्। छलफलमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्रीद्वय जीवन परियार सहभागी थिए । ‘उहाँले पार्टीभित्र देखिएको गतिरोध अन्त्य गरी नियमित महाधिवेशनको कार्यतालिका ल्याउने विषयमा छलफल गर्नु भएको हो’,बैठकमा सहभागी कांग्रेसका एक पदाधिकारीले भने।

छलफलमा नियमित महाधिवेशनको तालिका तयार गरिएको समेत बताईएको छ ।निर्वाचनअघि नै नियमित महाधिवेशन गर्नुपर्छ भनेर कार्यतालिका बनाईएको एक नेताले बताए ।उपसभापति गुरुङका अनुसार यो कार्यतालिका धेरै केन्द्रीय सदस्यहरूको सल्लाह र पदाधिकारीहरूसँगको छलफलबाट बनाइएको हो। भेला पछि उक्त तालिका सर्वसम्मत पास गराउन भन्दै महामन्त्रीद्वय थापा र शर्मा कार्यवाहक सभापति पुर्णबहादुर खड्कालाई भेट्न पुगेका छन् ।

नियमित महाधिवेशनका लागि बनाइएको तालिका शुक्रबार बस्ने बैठकमा प्रस्तुत गरिनेछ।यसअघि बिहीबार बसेको केन्द्रीय समिति बैठकमा कार्यवाहक सभापति खड्का कार्यतालिका पेस गर्ने विषयमा तयार नभएपछि महामन्त्री थापाले बैठक नै बहिष्कार गरेका थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।