नेपाल जेन–जी फ्रन्टका संयोजक रक्षा बमले जेनजी आन्दोलनबाट प्राप्त उपलब्धीलाई संस्थागत गरिने बताएकी छन् ।
बिभिन्न समुहका राजनीतिक एजेण्डालाई संस्थागत गरी एकताबद्ध हुनका लागि फ्रन्ट गठन भएको उनले स्पष्ट पारिन् ।काठमाण्डौंमा एक संचार माध्यमसँगको कुराकानीमा संयोजक बमले संविधानलाई कमजोर पार्न नभई झन् बलियो बनाउन जेनजी आन्दोलन भएको बताउँदै,आन्दोलनका क्रममा शहादत प्राप्त गरेका शहीदलाई न्याय दिने कुरा मुख्य प्राथमिकतामा रहने दाबी गरिन् । फ्रन्टको मुख्य काम आगामी फागुन २१ को निर्वाचनलाई निष्पक्ष बनाउने मै केन्द्रित रहने भन्दै, निर्वाचनमा सहभागिताका बिषयमा भने थप छलफल गरेर निर्णय लिने उनको भनाई छ ।
उनले भनिन् ‘्यो विषयलाई पनि हामीले खुला राखेका छौं। यसमा पनि हामी छलफलमै छौं। विशेष गरी चुनावमै गएर धेरै काम गर्न सक्छौं कि सक्दैनौं भन्ने छलफलमै छौं हामी। फ्रन्टको मुख्य काम भनेको निर्वाचनलाई निष्पक्ष बनाउनेमै केन्द्रित रहन्छ।’ संयोजक बमले भ्रष्टाचारमुक्त समाज, राज्यसंयन्त्र र शासनपद्धतिमा संस्थागत सुधार, स्वतन्त्र, निष्पक्ष र भयमुक्त निर्वाचनको सुनिश्चितता आफुहरुको म्यान्डेट रहेको दावी गरिन् ।
शुक्रबार सार्वजनिक गरिएको फ्रन्टमा युजन राजभण्डारी, यतिष ओझा, मनीष खनाल, आदित्य कर्ण, ऋतु खड्का, संविधान प्रसाईं, नजिर आलम, आसन अन्सारी, पूजा मेहता लगायत सदस्य छन्। सामाजिक सञ्जाल मार्फत २१ पृष्ठको दस्तावेज सहित फ्रन्टको घोषणा गरिएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, बैशाख १९ पोखरामा जारी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि…






