नेकपा माओवादी केन्द्र महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन निरन्तर प्रयास जारी रहेको बताउँदै देशभक्त शक्तिहरूका बीच एकता हुनुपर्नेमा जोड दिएका छन्।
पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित सहिद प्रतिष्ठान नेपालको साधारण सभामा उनले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउने जिम्मेवारी अझै अधुरो रहेको उल्लेख गर्दै त्यसका लागि सरकारमा हुँदा प्रयास र बाहिर हुँदा राज्यलाई निरन्तर सचेत गराउँदै आएको बताए । सहिद परिवार र बेपत्ता योद्धाका आफन्तहरूको भावनालाई सम्मान गर्दै चाँडोभन्दा चाँडो शान्ति प्रक्रियासम्बन्धी सबै काम पूरा गर्नुपर्नेमा उनले जोड दिए ।
साथै संयोजक प्रचण्डले वर्तमान अवस्थालाई ‘राष्ट्रको स्वाधीनता, भौगोलिक अखण्डता र सार्वभौमसत्ता’ माथिको गम्भीर चुनौतीका रूपमा चित्रण गरे । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







