एमालेले गर्यो पोखरामा मोटरसाइकल र्‍याली


     एभरेस्ट आवाज    
     कार्तिक १५ गते २०८२ मा प्रकाशित




नेकपा एमाले जिल्ला कमिटी कास्कीले पोखरामा मोटरसाइकल र्‍याली निकालेको छ ।

पोखरा सभागृहचोकबाट सुरु र्‍याली पृथ्वीचोक, नयाँबजार, महेन्द्रपुल, चिप्लेढुंगा, न्युरोड, सिर्जनाचोक, लेकसाइड हुँदै सहिदचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।पार्टीले यो र्‍यालीलाई संगठन सुदृढीकरण, जनसम्पर्क विस्तारको प्रारम्भिक अभियानका रूपमा लिएको छ ।कोण सभामा बोल्दै एमाले नेता महेश बस्नेतले अध्यक्ष केपी ओलीलाई पुन अध्यक्ष बनाउने दाबी गरेका छन् । नेकपा एमालेको ११औं महाधिवेशनमा मंसिर २७ देखि २९ सम्म पोखरामा हुँदैछ । बस्नेतले नेतृत्व लिन चाहने नेतालाई होल्ड गर्न आग्रह गरे ।

र्यालीमा कार्यकर्ताले पार्टीका झन्डा र ब्यानर सहित राष्ट्रिय झन्डा पनि बोकेका थिए । एमालेका जिल्ला नेताहरू, युवा संघ नेपाल, अनेरास्ववियु र महिला संघका कार्यकर्ता र्‍यालीमा सहभागी थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।