गोपाल किराँतीको मोर्चा पनि एकतामा समावेश


     एभरेस्ट आवाज    
     कार्तिक १७ गते २०८२ मा प्रकाशित




गोपाल किराँती नेतृत्वको देशभक्त समाजवादी मोर्चा पनि माओवादी-समाजवादी एकतामा समावेश भएको छ ।

सहमति पत्रमा सोमबार नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल र देशभक्त समाजवादी मोर्चाका अध्यक्ष किराँतीले हस्ताक्षर गरेका छन्। नेपाली राजनीतिक परिस्थितिलाई स्थायित्व र सही दिशातर्फ लैजानका लागि उनीहरूबिच समाजवादी ध्रुवीकरण र वैचारिक रूपान्तरणमार्फत नयाँ एकता अभियान सुरु गर्ने सहमति भएको हो।सहमति पत्रमा भनिएको छ, ‘जनयुद्वका बेला भन्ने गरिएको हरेक प्रतिकुलतालाई अनुकुलतामा बदल्ने नीति अन्तर्गत देशका क्रान्तिकारीहरुवीच एकता र ध्रुवीकरण प्राथमिक कर्तव्य हुन आउँछ।’ पत्रमा हालको राजनीतिक अवस्थालाई अभूतपूर्व जोखिमपूर्ण” भनिएको छ।

गत कात्तिक १५ गते दुई पक्षबीच सहमती भए पनि सो पत्र आज मात्रै सार्वजनिक गरिएको हो। सहमति कार्यान्वयन गर्न देशभक्त समाजवादी मोर्चाका अध्यक्ष गोपाल किराती नेतृत्वका मार्क्सवादी क्रान्तिकारीहरु माओवादी केन्द्रमा धूवीकृत हुने भनिएको छ ।

२०७५ मा माओवादी र एमालेबीच एकता भएर नेकपा बनेपछि किरातीले नयाँ पार्टी बनाएका हुन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।