माओवादी केन्द्र र एकीकृत समाजवादीका असन्तुष्ट नेतालाई पार्टी पुनर्गठन गर्न कानुनी अड्चन देखिएको छ ।
एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल पक्ष सोही पार्टी पुनर्गठन गर्ने भन्दै गृहकार्यमा जुटिरहेका छन् भने माओवादी केन्द्रका नेता जनार्दन शर्मा पनि आफूले पार्टी छाड्न नसक्ने भन्दै माओवादी केन्द्रलाई पुनर्गठन गर्ने पक्षमा देखिएका छन् । दुवै पक्षलाई पार्टी पुनर्गठन गर्न कानुनी अड्चन रहेको छ । एकीकरण भएको खण्डमा सोही पार्टी नाम र चुनाव चिह्न एक वर्षसम्म प्रयोग गर्न नपाइने कानुनी व्यवस्था छ । राजनीतिक दलसम्बन्धी ऐनको दफा १० को उपदफा ७ मा एकीकरण वा गाभिनुअघि प्रयोग गरिएको दलको नाम र चुनाव चिह्न एक वर्षसम्म कसैले नपाउने उल्लेख छ ।
“दफाबमोजिम दल एकीकरण भएको वा गाभिएकोमा एकीकरण हुनु वा गाभिनुअघि त्यस्ता दलले प्रयोग गरेको नाम, झन्डा वा चिह्न एकीकरण भएको वा गाभिएको मितिले एक वर्षसम्म कसैले प्रयोग गर्न सक्ने छैन,” ऐनमा भनिएको छ । निर्वाचन आयोगका एक अधिकारीले भने, “पार्टीको बहुमतबाट निर्णय हुने हो । एकीकरणका लागि आएका दलहरूको पूर्वनाम र चिह्न एक वर्षसम्म रद्द रहन्छ । सोही नाम र चिह्न प्रयोग गर्न पाइँदैन ।” दल दर्ता गर्ने भए नयाँ नाम राख्नुपर्ने ती अधिकारीले जानकारी दिए ।
राजनीतिक दलसम्बन्धी ऐनको सो व्यवस्थाले पार्टी पुनर्गठनको तयारी गरेका नेतालाई समस्या पर्न सक्ने बताईएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, बैशाख १९ पोखरामा जारी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि…






