चतुर्मास व्रत अनुष्ठान एवं अन्नकूट महोत्सव सम्पन्न


     एभरेस्ट आवाज    
     कार्तिक १७ गते २०८२ मा प्रकाशित




पोेखराको नारायणस्थानमा संचालित चतुर्मास व्रत अनुष्ठान एवं अन्नकूट महोत्सव सम्पन्न भएको छ ।

श्री हिमालयन सिद्ध महायोग ध्यान साधना केन्द्रमा हरिशयनी एकादशीदेखि संचालन भएको चतुर्मास व्रत अनुष्ठान तथा हिमालयन सिद्ध महायोग ध्यान साधना कार्यक्रममा आध्यात्मिक साधना एवं रामार्चन पूजा र अन्नकूट महोत्सव विशेष आकर्षण बनेका थिए। उक्त महोत्सवमा भगवानलाई ५६ भोग लगाइएको थियो भने अन्नको पर्वत निर्माण गरी पूजा पश्चात प्रसादको रुपमा बाँडिएको थियो । यस व्रत अनुष्ठानले भक्तजनहरूमा आध्यात्मिक चेतना, भक्ति भावना र सदाचारप्रति निष्ठा जागरण गराएको आयोजक समितिले जनाएको छ।

श्री लक्ष्मीनारायण मन्दिर, नारायणस्थानका पीठाधीश्वर अनन्त श्री विभूषित रामानन्दाचार्य स्वामी श्री रामकृष्णाचार्य महायोगी सिद्धबाबा सद्गुरुदेवको सत्संकल्पमा कार्यक्रम गरिएको हो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।