फाईल फोटो
एकता प्रक्रियामा असन्तुष्ट नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले पार्टीको सचिवालय बैठकमा नजाने बताएका छन्।
आज दिउँसो काठमाण्ठौको कमलादीमा बैठक राखेर माओवादीले एकिकृत समाजवादी सहितका दलसँग हुने एकताको सहमतिलाई अनुमोदन गर्दै छ। सचिवालय समितिका सदस्य समेत रहेका शर्माले एकता प्रक्रिया रोक्न यसअघि बसेको बैठकमा माग गरेका थिए । आफ्नो मागमा कुनै सुनुवाई नभएपछि उनले बैठकमा आफू नजाने बताएका हुन् ।शर्माले यो एकता प्रक्रियामा आफू सहभागी नहुने भन्दै प्रचण्डसँग अलग भएको घोषणा गरिसकेका छन् ।बैठकबाट अरू पार्टीसँगको एकता प्रस्ताव अनुमोदन गरिने माओवादीले जनाएको छ ।
साना दलसँग एकता गरेर माओवादी महाधिवेशन सचिवालय समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नै विसर्जन गर्न खोजेको उनको आरोप छ । नेता शर्माले आज पार्टी पुनर्गठन लगायतका विषयमा विशेष पत्रकार सम्मेलन गर्दैछन् ।शर्माले ललितपुरमा दिउँसो २ः३० बजे पत्रकार सम्मेलन गरी आफ्ना धारणा सार्वजनिक गर्न लागेका हुन्। उनी बैठकमा सहभागि नभई, पत्रकार सम्मेलनको तयारीमा लागेको उनी निकट स्रोतले बताएको छ ।
शर्माले वाम प्रगतिशील ध्रुवीकरण घोषणा गर्न लागेका हुन् ।उनलाई माओवादी केन्द्रका अर्का नेता राम कार्कीसहितले साथ दिने बताईएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको सिमलचौरस्थित जनप्रिय बहुमुखी क्याम्पसका पूर्व विद्यार्थीहरूको साझा मञ्च जनप्रिय अल्मुनाइ एसोसिएसनको…






