पोखरा, कात्तिक १९
नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले दुई पार्टी मिल्नु भनेको पार्टी भित्रको लोकतान्त्रिक संस्कारको अन्त्य गर्नु भएको बताएकी छन् । पार्टीसँग असन्तुष्ट झाँक्री र किसान श्रेष्ठलगायतले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टीहरु मिल्दा लोकतान्त्रिक संस्कारको अन्त्य हुने बताएकी हुन् । हिजो एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनायौं, त्यतिबेला एक नेतामा भएको अधिकार दुई नेतामा केन्द्रीत भयो,उनले भनिन्,‘फेरी पनि वाम दलहरु एकीकृत हुँदैछन् । र फेरी ईतिहास पनि दोहोरिदै छ लोकतान्त्रिक संस्कारको चीरहरण गरेर ।’
नेतृ झाँक्रीले अहिले मिलेका दलहरुको एकतामा नेताहरुको ओतलाग्ने कुरा मात्र भएको टिप्पणी गरिन् । यसले नत देशलाई निकास र विकास नत कम्युनिष्टहरुलाई केन्द्रीकरण गर्छ,उनले थपिन्,‘बरु नेताहरु ओत लाग्ने कुरा मात्र भइरहेको छ । यसबाहेक यसले केहि योगदान गर्दैन ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको सिमलचौरस्थित जनप्रिय बहुमुखी क्याम्पसका पूर्व विद्यार्थीहरूको साझा मञ्च जनप्रिय अल्मुनाइ एसोसिएसनको…






