विश्राम लिनुपर्ने नेताहरूका कारण कम्युनिस्टहरु विभाजित भए ः महासचिव भुसाल


     एभरेस्ट आवाज    
     कार्तिक १९ गते २०८२ मा प्रकाशित




नेकपा एकीकृत समाजवादी पार्टी महासचिव घनश्याम भुसालले शिर्ष नेताहरुकै कारण कम्युनिस्ट पार्टीहरू विभाजित हुन पुगेको बताएका छन् ।

बुधबार पत्रकार सम्मेलन गरेर उनले अहिलेको अवस्थामा राजनीतिबाट बिदा लिएर विश्राम गर्नुपर्ने शीर्ष नेताहरू, नेतृत्वको हानथापमै लागेकाले यो स्थिती आएको बताए ।समाज नयाँ हिसाबले पुनर्गठित भए पनि पुराना पार्टीको नेतृत्व बदलिन नसकेको बताउँदै, महासचिव भुसालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी ओली अहिले पनि पार्टीको बहुमतमा रहेको दावी गरे।

उनले पतञ्जलि जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा लागेपछि पार्टीमा आफ्नो हैसियत पुनर्विचार गर्नुभन्दा बहुमतले अस्वीकार गरेको सुनाए ।भुसालले आफ्नो समूहले कम्युनिस्ट पार्टी पुनर्गठन गर्न मङ्सिरमा राष्ट्रिय भेला गर्ने घोषणा गरे।

भुसालसहित वरिष्ठ नेता घनेन्द्र बस्नेत, नेता जीवनराम श्रेष्ठ लगायतका नेताहरू एकतामा नगई नेकपा एकीकृत समाजवादी पुनर्गठनको प्रयासमा छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।