नेपालद्वारा युएईसामु २४० रनको लक्ष्य प्रस्तुत


     एभरेस्ट आवाज    
     कार्तिक १९ गते २०८२ मा प्रकाशित




पोखरा, कात्तिक १२

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज भइरहेको खेलमा नेपालले यूएईलाई २४० रनको लक्ष्य दिएको छ । टस जितेर युएईले व्याटिङ रोजेपछि पहिलो व्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २३९ रन जोडेको हो ।

नेपालका लागि भीम सार्कीले सर्वाधिक ४८, कुशल मल्लले ४५, उपकप्तान दीपेन्द्रसिंह ऐरीले ३७, आसिफ सेखले ३४, आसिफ सेखले ३० र सन्दीप लामिछानेले १५ रनको योगदान दिए । अन्य व्याटरले भने दोहोरो अंकमा रन जोड्न सकेनन् । ओपनर कुशल भुर्तेल २, कप्तान रोहित पौडेल २, नन्दन यादव १ र ललित राजवंशीले ४ रन जोडे । अन्तिम ओभरको चौथो बलमा कुशल मल्ल आउट भएपछि अन्तिम बल सामना गर्न गर्न गएका ललितले चौका प्रहार गरे । अन्र्तराष्ट्रिय प्रतियोगितामा उनको यो पहिलो ऐतिहासिक चौका हो ।

दुबईस्थित आईसीसी एकेडेमीमा भइरहेको खेलमा २४० रनको लक्ष्य पाएको युएईले केहिबेर पछि दोस्रो ईनिङमा जवाफी व्याटिङ गर्नेछ ।

नेपाल पहिलो खेलमा अमेरिकासँग १०६ रन, दोस्रो खेलमा युएईसँग ५ विकेट र तेस्रो खेलमा अमेरिकासँग ४ विकेटले पराजित भएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।