पोखरा
आईसीसी विश्वकप लिग-२ क्रिकेटअन्तर्गत युएई सिरिजमा नेपाल चारै खेलमा पराजित भएको छ । नेपाल, अमेरिका र युएईबीच भएको चार खेलमा नेपाल जितविहीन् भएको हो । पहिलो खेलमा अमेरिकासँग १०६ रनको पराजय बेहोरेको नेपालले दोस्रो खेलमा युएईसँग ५ विकेट, तेस्रो खेलमा अमेरिकासँग ४ विकेट र आज भएको चौथो तथा अन्तिम खेलमा ४ विकेटको अन्तरले पराजित भएको हो ।
आजको खेलमा युएईले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि नेपालले पहिलो व्याटिङ गर्दै २३९ रन बनाएको थियो । २४० रनको मध्यम लक्ष्य पछ्याएको युएईले ४९.१ ब्लमा ६ विकेट गुमाएर लक्ष्य भेट्टायो ।
जितका लागि युएईका मोहम्मद शाहजादले सर्वाधिक ९६ रनको योगदान दिए भने मोहम्मद वासिनले ७६ रन बनाए ।
नेपालका लागि भीम सार्कीले सर्वाधिक ४८, कुशल मल्ल ४५, आसिफ शेख ३४, कुशल भुर्तेल २, कप्तान रोहित पौडेल २, आरिफ शेख ३०, दीपेन्द्रसिंह ऐरी ३७, करण केसी ०, नन्दन यादव १ रन बनाएर आउट भए भने ललित राजवंशी ४ र सन्दीप लामिछाने १५ रनमा अविजित रहे ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, बैशाख १८ प्रथम पोखरा महिला गोल्डकप फुटबल प्रतियोगितामा नेपाल पुलिस…






