२८ लाख बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै


     एभरेस्ट आवाज    
     कार्तिक २० गते २०८२ मा प्रकाशित




नेपाल सरकारले आज र भोलि भिटामिन ‘ए’ क्यापसुलसँगै जुकाको औषधि खुवाउने भएको छ।

छ महिनादेखि ११ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ क्यापसुल मात्र र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्यापसुलसँगै जुकाको औषधि पनि खुवाईने छ । हरेक वर्ष कात्तिक २ र ३ तथा वैशाख ६ र ७ गते यो कार्यक्रम हुँदै आएको भएपनि यस वर्ष कात्तिक २ र ३ गते तिहार परेको हुदाँ कार्यक्रम सारिएको हो। जस अन्र्तगत आज देशभरका बिभिन्न ठाँउमा स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीले औषधि खुवाउने कार्य गरिरहेका छन् ।

पायकपर्ने स्वास्थ्य कार्यालय, वडा कार्यालय र विभिन्न सामुदायिक भवनका केन्द्रमा यो कार्य भोलिसम्म रहने छ ।छुटेका बालबालिकालाई आआफ्ना वडा कार्यालयका खोप केन्द्रबाट नियमित खोप कार्यक्रमका दिन दिईने स्वास्थ्यकर्मिले बताएका छन् । देशका ७५३ स्थानीय तहमै पाँच वर्षमुनिका करिब २८ लाख बालबालिकालाई भिटामिन ‘ए’ र करिब ३० लाख बालबालिकालाई जुकाको औषधि खुवाइने लक्ष्य राखिएको स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ।

यस अभियानका लागि ५२ हजार स्वास्थ्य स्वयंसेविका र १५ हजार जना स्वास्थ्यकर्मी परिचालन गरिँदै छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।