नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको कम्युनिष्ट पार्टी नेपालले जनप्रदर्शन सहितको जनसभा गरेको छ।
सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै नेकपाले र्यालीसहित प्रदर्शन गरेको हो ।सभालाई सम्बोधन गर्दै महासचिव नेत्रविक्रम चन्द विप्लवले निरंकुश बन्दै गएको सत्तालाई जेन–जीको बलिदानले खरानी बनाइदिएको बताएका छन्। उनले जेन–जी पुस्ताले आफ्नो रगत दिएर निरंकुश सत्तालाई खरानी बनाएको बताएका हुन्।
विप्लवले काठमाडौंको सडकबाट नवयुवाको रगत अझै आलै रहेको र जलाइएका संरचनाहरू जीर्ण बनेर उभिएको जिकिर गरे।प्रवक्ता खड्गबहादुर विश्वकर्मा ुप्रकाण्डले सामाजिक सञ्जालमाथि केपी ओली सरकारले प्रतिबन्ध लगाएर मूर्खतापूर्ण काम गरेको बताए । उनले जेनजीको मुद्दा नै दलाल पुँजीवादीहरूले अपहरण गरेको आरोप लगाए । सुशीला कार्की नेतृत्वको सरकार मालिकले दिएको प्रोजेक्ट पुरा काम गर्न बनेको उनले आरोप लगाए ।
जेनजीको बलिदानीलाई मध्यनजर गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्न समेत उनले माग गरे । शान्ति बाटिकाबाट शुरु भएको र्याली भृकुटीमण्डपमा पुगेर सभामा परिणत भएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







