विन्ध्येश्वरी आदर्शमा अङ्ग्रेजी स्कील टेष्ट सम्पन्न


     एभरेस्ट आवाज    
     कार्तिक २१ गते २०८२ मा प्रकाशित




पोखराको मोहोरियाटोलमा रहेको विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा अङ्ग्रेजी स्कील टेष्ट कार्यक्रम सम्पन्न भएको छ ।

मावि तहका विद्यार्थी सहभागि कार्यक्रममा हरियो सदनबाट कक्षा १० मा अध्ययनरत छात्र श्रीष बुद्धाचार्य, कक्षा ९ मा अध्ययनरत छात्रा प्रिस्किला तामाङ र कक्षा ८ मा अध्ययनरत छात्रा मेहुली मन्ना प्रथम र रातो सदनबाट कक्षा १० मा अध्ययनरत छात्रा प्रशंशा कार्की, कक्षा ९ मा अध्ययनरत छात्र दिवस घिमिरे र कक्षा ८ मा अध्ययनरत छात्र विनायक गिरी द्वितीय भएका छन् ।उत्कृष्ट विद्यार्थीलाई विद्यालयका सह–प्राचार्य नीलकण्ठ पौडेलले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।

अतिरिक्त क्रियाकलाप प्रमुख राजु बयलकोटीको सहजीकरणमा भएको कार्यक्रमको सञ्चालन अङ्ग्रेजी शिक्षक होमराज अधिकारीले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।