पछिल्लो एक सातामा देशभर १ सय ८२ जना डेंगु संक्रमित थपिएका छन् ।
विगतका वर्षहरूमा वर्षायाममा धेरै संक्रमण देखिने गरेकोमा यस वर्ष कात्तिकको अन्तिम सातासम्म पनि संक्रमण नघटेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा मात्रै २६ जनामा डेंगुको संक्रमण देखिएको छ । यो सँगै नेपालमा डेंगु संक्रमितको संख्या ७ हजार ५ सय १९ पुगेको छ ।
संक्रमणबाट सबैभन्दा धेरै गण्डकी प्रदेश प्रभावित भएको छ । जहाँ १ हजार ९ सय ८ जनामा संक्रमण देखिएको छ भने बागमतीमा १ हजार ८ सय ९५, लुम्बिनीमा १ हजार २ सय ४७, कोशीमा ९ सय ७४, सुदुरपश्चिममा ८ सय २१, कर्णालीमा ५ सय १४ र मधेश प्रदेशमा १ सय ६० जनामा डेंगुको संक्रमण देखिएको छ ।
डेंगु संक्रमणबाट हालसम्म ६ जनाको मृत्यु भएको महाशाखाले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार ९ कास्कीको रुपा गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि करीब…






