पोखरा महानगरपालिका वडा नं २९ मा रहेको प्रगतिमा १५ दिने शिविर सुरु भएको छ ।
प्रगति टोल विकास संस्था र ओमकारेश्वर शिव मन्दिर व्यवस्थापन तथा सत्सङ्ग समितिको संयुक्त आयोजनामा तथा पतञ्जली योग पीठ गण्डकी प्रदेशको सहयोगमा सो शिविर सुरु भएको हो । “योग गरौं योग, रहौं निरोग” भन्ने उद्घोषका साथ टोलवासीहरुमा योगवारे चेतना जगाउन योग शिविर आयोजना गरिएको अध्यक्ष ललिन्द्र खड्काले वताए ।ओमकारेश्वर शिव मन्दिरका पुजारी लक्ष्मण गौतमले दीप प्रज्ज्वलन गरी उद्घाटन गर्दै टोल विकास सस्थाले आफनो टोलको विकासका लागि नेतृत्वदायी भूमिका निभाउनु पर्ने सुझाव दिएका थिए ।
सत्सङ्ग समितिका अध्यक्ष समाजसेवी मोति गिरीले शिविरमा स्वागत गर्दै योग दर्शनमा यम, नियम, आसन, प्राणायम, प्रत्याहार, धारणा, ध्यान र समाधि गरी आठ महत्वपूर्ण अष्टाङ्गयोगको चर्चा गरिएको वताए । योग गुरु परमान्द भण्डारीले तनाव व्यवस्थापनका लागि योग उपयोगी रहेको भन्दै उच्च रक्तचाप भएका, साइटिका तथा मेरुदण्डसँग सम्बन्धित अन्य समस्याहरु भएका, वृद्ध तथा गर्भवती महिलाले पनि यसमा सावधानी अपनाउनु पर्नेमा जोड दिए । टोलका उपाध्यक्षमा वीरबहादुर खत्री,सचिव विष्णुहरि पौडेल, संस्थाका निवर्तमान अध्यक्ष धर्मदत्त पौडेल लगायतले योग शिविरको सफलताको शुभकामना दिएका थिए ।
टोलका ३० बढी सहभागी रहेको शिविर मंसिर १० गतेसम्म चल्ने छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार ३० गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा ६४ प्रतिशत…





