कालिका क्याम्पस,पोखराका प्रमुख बिरन्जी गौतम लण्डनमा सम्मानित


     एभरेस्ट आवाज    
     कार्तिक २६ गते २०८२ मा प्रकाशित




कालिका बहुमुखी क्याम्पस पोखराका क्याम्पस प्रमुख बिरन्जी गौतम उत्कृष्ट क्याम्पस प्रमुख २०२५ बाट सम्मानित भएका छन् ।

लन्डनको युनिभसिटी अफ ग्रीनवीचमा आयोजित “नेपाल एजुकेसन अवार्ड युके २०२५” का अवसरमा क्याम्पस प्रमुख गौतमलाई बेलायतका लागि नेपाली राजदुत चन्द्र कुमार घिमिरे र यूनिभर्सिटि अफ ग्रिनवीचका कार्यकारी निर्देशक कलेयर म्याथ्युजले सम्मान गरे । युनिभसिटि अफ ग्रीनवीचको सहकार्यमा नेपालबाट प्रकाशित हुने कलेज रिडर्स अंग्रेजी मासिक पत्रिकाले आयोजना गरेको कार्यक्रममा शैक्षिक उत्कृष्टता, नवप्रर्वतन, नेतृत्व, सामुदायीक संलग्नता अनुसन्धान प्रशान्त विश्व दृष्टिकोणका आधारमा गौतमलाई छनौट गरी उत्कृष्ट क्याम्पस प्रमुखको रुपमा सम्मान गरिएको रिर्डसका प्रमुख जितेन्द्र घिमिरेले जानकारी दिए ।

कार्यक्रममा बोल्दै बेलायतका लागि नेपाली राजदुत घिमिरेले नेपाल बेलायत विचको साझेदारी , ज्ञान सृजना र साझा मूल्यहरुको उत्सवको रुपमा यस्ता अवार्डहरुको महत्व रहेको बताए । उनले यूनिभर्सिटी अफ ग्रिनवीच र नेपाली शैक्षिक सस्था विच सहकार्यको नयाँ अध्याय शुरु भएकोमा खुशी व्यक्त गरे ।यूनिभर्सिटि अफ ग्रिनवीचका कार्यकारी निर्देशक कलेयर म्याथ्युजले नेपालका शैक्षिक सस्था संग दीर्घकालिन सहकार्यका लागि आफ्नो विश्वविद्यालय उत्सुक रहेको बताए । कलेज रिर्डसका प्रमुख जितेन्द्र घिमिरेले व्यक्तिगत तथा सस्थागत अर्वाड मार्फत नेपालमा शैक्षिक उन्नयनमा योगदान गर्ने व्यक्तित्वलाई अन्तराष्ट्रिय स्तरमा सम्मानित गदै आएको बताए ।

त्यस अवसरमा लुम्बिनी विश्वविद्यालयका उपकुलपति, प्याब्सनका पूर्व अध्यक्ष, द ब्रिटिस कलेजका निर्देशक लागयतलाई सम्मान गरिएको थियो। कार्यक्रममा निर्णायक मण्डलका प्रमुख तथा मधेश विश्व विद्यालयका उपकुलपति प्रा. डां दीपक बहादुर शाक्य,सम्मानित व्यक्तित्व कालिका बहुमुखी क्याम्पस पोखराका क्याम्पस प्रमुख बिरन्जी गौतम लगायतले बोलेका थिए ।

युनिभसिटि अफ ग्रीनवीचको सहकार्यमा नेपालबाट समारोहको अध्यक्षता भवानी प्रसाद पौडेलले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।