भैरव मन्दिरमा कालभैरव मूर्तीको प्राण प्रतिष्ठा सम्पन्न, आजैदेखि दर्शन तथा पूजनका लागि खुल्ला


     एभरेस्ट आवाज    
     कार्तिक २६ गते २०८२ मा प्रकाशित




पोखरा, कात्तिक २६

पोखराको भैरवटोलमा निर्माण गरिएको भैरव मन्दिरमा आज कालभैरवको मूर्तीको प्राण प्रतिष्ठा गरिएको छ । हालैमात्र निर्माण गरिएको मन्दिरमा आज भैरव अष्टमीको शुभ साईत पारेर कालभैरवको प्रतिमा स्थापना गरि तान्त्रिक विधिबाट प्राण प्रतिष्ठा गरिएको हो ।

प्राण प्रतिष्ठापश्चात आजैदेखि भक्तजनहरुलाई दर्शनसहितको पूजन गर्न खुल्ला गरिएको छ । आजदेखि शुरु भएको दर्शनसहितको पूजन अबदेखि हरेक दिन बिहान ६ बजेदेखि मध्याह्न १२ बजेसम्म खुला गरिने भैरव संरक्षण समितिले जनाएको छ ।

काठमाडौँ उपत्यकाको प्राचीन नेवारी सभ्यता र संस्कृतिको संरक्षण गर्ने उधेश्य अन्तर्गत भैरव मन्दिर निर्माण गरिएको हो ।

२०७६ सालमा निर्माण शुरु गरिएको यो मन्दिर झण्डै ५ वर्षपछि निर्माण सम्पन्न भएको हो । मन्दिर २ करोड ६ लाख ९१ हजार ८९५ रुपैयाँमा निर्माण गरिएको जनाइएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।