पोखरा, कात्तिक २६
जेनजी आन्दोलनका क्रममा तोडफोड, आगजनी तथा लुटपाट गर्ने थप दुई जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । सोमबार ५ जना पक्राउ गरेर सार्वजनिक गरेको प्रहरीले मंगलबार थप दुई जना पक्राउ गरेर सार्वजनिक गरेको छ ।
कास्की प्रहरीले मंगलबार पोखरा–१७ घारीकुलोकी ३८ वर्षिया बिमला सापकोटलाई तोडफोड तथा आगजनीमा संलग्न भएको भन्दै पक्राउ गरेर सार्वजनिक गरेको हो ।
त्यस्तै, प्रहरीले कास्कीको मादी गाउँपालिका–५ भैंसे बस्ने २५ वर्षिय रोसन सापकोटालाई पनि पक्राउ गरेको जनाएको छ । उनीहरु दुबैजना जेनजी आन्दोलनकारीलाई भड्काउने तथा सरकारी तथा नीजि भवन तोडफोड, आगजनी र लुटपाटमा संलग्न भएको कास्की प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।
उनीहरु दुबैलाई कास्की जिल्ला अदालतबाट आपराधिक उपद्रव गर्न नहुने सम्बन्धी कसूरमा चार दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको उनले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, बैशाख १९ पोखरामा जारी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि…






