निवर्तमान आईजीपी चन्द्रकुबेर खापुङलाई विदेश भ्रमणमा रोक लगाईएको छ ।
जेनजी घटनाको छानबिन तथा जाँचबुझ गर्न गठित आयोगले पत्राचार गर्दै बिहीबारदेखि नै लागू हुने गरी उनको विदेश भ्रमणमा रोक लगाइ उपत्यका बाहिर जानसमेत आयोगको स्वीकृत लिनुपर्ने गरी पत्राचार गरिएको आयोगका सदस्य एवम् प्रवक्ता विज्ञान राज शर्माले जानकारी दिए। आयोगकका अध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा बिहीबार बसेको बैठकले अनुमतिबेगर काठमाडौं उपत्यका नछाड्न ‘स्थानहद’ पनि लगाएको हो।
आयोगले उनलाई बयानका लागि जतिबेला पनि बोलाउन सक्ने भन्दै बोलाएको बेलामा उपस्थित हुनुपर्ने पनि भनेको छ। यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखकसहितलाई पनि विदेश भ्रमणमा रोक लगाइ उपत्यका छाड्नुपर्ने अवस्थामा अनुमति लिनुपर्ने निर्णय आयोगले गरिसकेको छ।

खापुङ गएराति १२ बजेदेखि सेवाअवधि पूरा गरी नेपाल प्रहरीबाट सेवानिवृत्त भएका हुन्।उनी अवकासमा गएसँगै नेपाल प्रहरीको कमाण्ड दानबहादुर कार्कीको मातहतमा आएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, बैशाख १९ पोखरामा जारी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि…






