परिवार नियोजन संघको अभियान छोरेपाटन र सरस्वती टिका मा.विमा


     एभरेस्ट आवाज    
     कार्तिक २७ गते २०८२ मा प्रकाशित




नेपाल परिवार नियोजन संघ कास्की शाखाले संचालन गरेको यौन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान जारी रहेको छ ।

पछिल्लो समय पोखरा महानगरपालिका वडा नं १७ को छोरेपाटन मा.वि र पोखरा महानगरपालिका वडा नं ३३ को सरस्वती टिका मा.विमा अभियान संचालन गरिएको छ । अभियानमा कक्षा ११ र १२ का किशोर किशोरी र युवाहरु सहभागि गराइएको नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले जानकारी दिए । अभियान २४ वटा विद्यालय तथा कलेजसम्म लगिनेछ । छोरेपाटन मा.विमा आयोजित कार्यक्रम शुभारम्भ गर्दै पोखरा महानगरपालिका वडा नं १७ की वडा अध्यक्ष राधिका शाही योगीले बढ्दो उमेरसँगै आउने यौन तथा प्रजनन् स्वास्थ्य सम्वन्धि समस्या समाधानका लागि अभियान सहयोगी हुने बताईन् ।

त्यस्तै सरस्वती टिका मा.विमा आयोजित कार्यक्रम शुभारम्भ गर्दै पोखरा महानगरपालिका वडा नं ३३ की कार्यवाहक वडा अध्यक्ष दुर्गा केसी थापाले यस्ता अभियानलाई अझ तिव्र पार्न आग्रह गरिन् ।कार्यक्रममा सरस्वती टिका मावि व्यवस्थापन समितिका अध्यक्ष लाल प्रसाद पराजुली, प्रधानाध्यापक सूर्यराज अभिकारी र छोरेपाटन माविका प्रधानाध्यापक डिल्लीराम शर्माले बोलेका थिए ।

कार्यक्रममा नेपाल परिवार नियोजन संघ कास्कीका कोषाध्यक्ष विष्णु प्रसाद दाहाल, बरिष्ठ शाखा प्रवन्धक नब राज तिवारी र कर्मचारी सुरज चौधरीले सहजिकरण गरे ।संघ कास्कीका सभापति नवीन सिग्देललको अध्यक्षतामा भएको कार्यक्रम बरिष्ठ शाखा प्रवन्धक नब राज तिवारीले संचालन गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।