नेपाली कम्युनिस्ट पार्टीविरुद्ध निर्वाचन आयोगमा उजुरी


     एभरेस्ट आवाज    
     कार्तिक २८ गते २०८२ मा प्रकाशित




नवगठित नेपाली कम्युनिस्ट पार्टीविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ ।

आयोगमा दल दर्ता गरेकोमा नेकपाका अध्यक्ष लोकनारायण सुवेदीले सो नाम विरुद्ध उजुरी दिएका हुन् । सुवेदीले नेपाली कम्युनिस्ट पार्टी पनि संक्षिप्त नाम नेकपा नै नाम राखी दर्ता हुन आएकाले यसबाट छोटकरीमा र संक्षिप्तमा उच्चारण गर्दा बोलचालको भाषामा समेत निवेदक दलसँग मिल्न जाने हुँदा सो कार्य राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ६ख विपरीत भएकाले अन्य दल दर्ता नगरिदिन अनुरोध गरेको छ ।

‘यस दलसँग मिल्दोजुल्दो गरी नाममा बाई मात्रा तर्कले जस्ता सामान्य कुरा राखी भ्रम सिर्जना गर्ने मनसायले स्पष्ट अलग पहिचान नखुल्ने छोटकरीमा सीपीएन अङ्ग्रेजीमा कम्युनिस्ट पार्टी अफ नेपाल नाम कायम हुने गरी अन्य दल दर्ता नगरिदिनु हुन अनुरोध गरिन्छ’, उजुरीमा भनिएको छ ।

सुवेदीले यस्तै प्रकृतिमा विगतमा मिल्दोजुल्दो नाम राखी दल दर्ता भए पश्चात् आफ्नो दलले सर्वोच्च अदालतमा उत्प्रेषण परमादेशको रिट निवेदन दिई हाम्रो पार्टीसँग मिल्दोजुल्दो भएकाले उक्त दर्ता बदर भई नेकपा ९एमाले० नेकपा ९माओवादी केन्द्र० अलग अलग भएको पनि स्मरण गराएको छ । उजुरी उपर आवश्यक निर्णय गर्ने अयोग स्रोतले बताएको छ ।

गत कात्तिक १९ गते नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका वाम घटकले एकता गरी नेपाली कम्युनिस्ट पार्टी नाम राखेका थिए । उनीहरुले सोही दिन दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।