संविधानको दृष्टिमा वर्तमान सरकारको प्रधानमन्त्री नै अयोग्य: सभामुख घिमिरे


     एभरेस्ट आवाज    
     कार्तिक २८ गते २०८२ मा प्रकाशित




सभामुख देवराज घिमिरे संसद् पुनर्स्थापनाको पक्षमा देखिएका छन् ।

संसद विघटन पछि पुनस्र्थापनाका लागि सर्वोच्च अदालतमा जाने विषयमा कानुनी परामर्श गरेर केही समय मौन बसेका सभामुख घिमिरे अहिले भने पुनर्स्थापनाको पक्षमा उभिएका हुन् । शुक्रबार बिहान झापा बिर्तामोडस्थित निजी निवासमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले छिटोभन्दा छिटो संसद् पुनर्स्थापना हुनुपर्ने बताएका हुन् । असंवैधानिक प्रक्रियाबाट संसद् विघटन गरिएकाले पुनर्स्थापनाको विकल्प नरहेको घिमिरेको भनाइ छ ।

उनले सर्वोच्च अदालतले संसद् पुनर्स्थापनाको बिषयमा परेका मुद्दालाई चाँडो छलफलमा लैजानुपर्ने बताउँदै, कानुनी, व्यवहारिक र आवश्यकताका हिसाबले संसद् पुनर्स्थापना हुने विश्वास व्यक्त गरे । सभामुख घिमिरेले संसद् पुनर्स्थापना गरेर अहिले देखिएका समस्याहरूलाई सम्बोधन गर्ने गरी संविधान संशोधन गरेर जान सकिने स्पष्ट पारे । उनले वर्तमान सरकारको प्रधानमन्त्री नै संविधानको दृष्टिमा अयोग्य रहेको बताए ।

सभामुख घिमिरे बिभिन्न विकास आयोजनाहरूको अनुगमन गर्न बिहीबार झापा पुगेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।