गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा घाईते भएका मध्ये ११ जना अझै अस्पतालमा उपचाररत छन् ।
दुई हजार ५ सय ७२ जना घाइते भएका मध्ये बाँकी ११ जनाको विभिन्न अस्पतालमा उपचार भईरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए । ‘जेनजी’ प्रदर्शनका क्रममा घाइते भएकालाई सरकारले चार प्रकारमा वर्गीकरण गरेको छ । मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले प्रदर्शनका क्रममा घाइते भएकाको वर्गीकरण गर्न गठित प्राविधिक समितिले घाइतेलाई चार प्रकारमा विभाजन गरेको जानकारी दिए ।
उनका अनुसार अति गम्भीर, गम्भीर, मध्यम र सामान्य गरी चार वर्गमा विभाजन गरिएको छ । सरकारले मन्त्रालयका गुणस्तर, मापन तथा नियमन विभागका प्रमुख डा सरोज शर्माको संयोजकत्वमा १० सदस्यीय प्राविधिक समिति गठन गरेको थियो । घाइतेमध्ये चोटपटकका आधारमा वर्गीकरण गरिएको छ । जसमा अति गम्भीरलाई २३, गम्भीरलाई २१, मध्यम घाइतेलाई २३ र सामान्य घाइतेलाई ११ प्रकारका चोटपटक लागेका आधारमा छुट्याइएको मन्त्रालयले जनाएको छ । वर्गीकरणअनुसार घाइतेलाई परिचयपत्र उपलब्ध गराइने छ ।
सरकारले सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै प्रदर्शनका क्रममा घाइते भएकाहरूको वर्गीकरणको काम सक्न निर्देशन दिइसकेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, बैशाख १९ पोखरामा जारी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि…






