नेपाली कम्युनिस्ट पार्टी र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी एकता नजिक पुगेका छन् ।
अनेक पटकको अनौपचारिक संवादपछि दुवै दलका नेताहरू एकतानजिक पुगेको भन्दै, दुई पार्टी बिच छिट्टै एकता हुने बताएका छन् । नेकपाको तर्फबाट वार्ता समितिमा रहेका नेता प्रकाश ज्वालाका अनुसार अहिलेसम्मको छलफलमा लगभग ५ वटा विषयमा सहमति जुटी सकेको छ। तर जसपाको तर्फबाट वार्ता समितिमा रहेकी रेनु यादव जेनजी आन्दोलनपछि आफ्नो पार्टी सबैसँग एकताका लागि छलफलमा रहेको बताउँछिन्।नेकपासँगको छलफलमा केही विषयमा सहमति भएको स्वीकार गर्दै यादवले भनिन्, ‘केही विषयमा सहमति भएको छ। दुइटा पार्टीका विचारधारामा धेरै कुरा मिलाउनुपर्ने छ।’
नेकपाले मार्गदर्शक सिद्धान्त मानेको मार्क्सवाद र लेनिनवादमा जसपा पनि सहमत भएको छ। यसलाई मान्न आफूहरूलाई कुनै समस्या नभएको जसपाका नेताहरूले बताएका छन्। नेपाली विशेषताको समाजवादलाई आगामी कार्यदिशा बनाउने विषयमा धेरै फरक नभएकाले लगभग सहमति भएको ज्वालाले बताए।
पार्टी संगठन सञ्चालनको सिद्धान्त जनवादी केन्द्रीयता पनि दुवै पार्टीबीच सहमति भएको ज्वालाले जानकारी दिए। जसपा अन्य दलसँग भएको १८ बुँदे सहमतिलाई मान्न तयार भएको छ।दुई दलबिच पहिचान र समावेशिताको मुद्दा, संघीय परिषद् बनाउने विषय, पहिचानमा आधारित प्रदेश समितिहरूका बिषयमा सहमति जुट्न सकेको छैन ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका माला खपत हुने…







